बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसका सञ्चालक समितिका संस्थापक अध्यक्ष हरिप्रसाद रावतको निधन भएको छ ।
बुधवार साँझ बिरामी परेपछि रावतलाई कोहलपुर मेडिकल कलेज कोहलपुरमा मा भर्ना गरिएको थियो । अस्पतालमै उनको निधन भएको हो । कोहलपुर नगरपालिका गोच्छा निवासी उनको बुधबार राति करिब सवा ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
रावतले कोहलपुरमा शिक्षा क्षेत्रको विकासमा ठूलो योगदान पु¥याएका थिए ।
उनको अग्रसरतामा नै कोहलपुरमा बागेश्वरी क्याम्पस सञ्चालन आएको थियो । सोही बेला उनी क्याम्पसको संस्थापक अध्यक्ष समेत हुन् ।
कोहलपुरका समाजसेवी समेत रहेका रावतको निधनपछि कोहलपुर क्षेत्रका अगुवाहरुले उनको निधनले कोहलपुरलाई ठूलो क्षती पुगेको बताएका छन् ।
बिक्रम सम्बत् १९८८ माघ १० गते सल्यानमा जन्मीएका रावतले कोहलपुरको शिक्षा र सामाजिक काममा महत्वपूर्ण योगदान दिएका थिए ।
कोहलपुरको शिक्षा क्षेत्रमा सहयोग पु¥याएको भन्दै रावतलाई विभिन्न संघ संस्थाहरुले सम्मान समेत गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्