कोहलपुर ।
कोरोना भाइरस परीक्षण गर्न चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) को अभाव भइरहँदा नेशनल प्याब्सन बाँकेले स्वास्थ्यकमीलाई सहयोग हुन थालेको छ ।
आइतबार एक कार्यक्रम गरी नेशनल प्याब्सनका बाँकेका अध्यक्ष श्याम कंवरले भेरी अस्पताल प्रमुख डा. प्रकास थापा र नेपालगंज मेडिकल कलेज कोहलपुरका निर्देशक भोजराज जैशीलाई संयूक्त रुपमा हस्तान्तरण गरिएको हो ।
भेरी अस्पताललाई पाँच वटा र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरलाई १० वटा गरी जम्मा १५ थान पिपिई हस्तान्तरण गरिएको नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कंवरले जानकारी दिए ।
उनका अनुसार हरेक पिपिई सेटमा ‘एन–९५’ मास्क, चस्मा, पञ्जा, हेलमेट, शरीरमा लाउने कपडा, जुत्ता, स्यानिटाइजर, जुत्ता कभरसहित आठ प्रकारका स्वास्थ्य सामग्री रहेका छन् । हस्तान्तरण गरिएका पिपिई सेट विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुरुप रहेको नेशनल प्याब्सनका बाँकेका अध्यक्ष कंवरले बताए ।
“१५ सेट पिपिईको मूल्य एक लाख प¥यो, उनले भने, “कोरोना उपचारमा संलग्न चिकित्सकको आत्मबल बढोस् भनेर आफूले सकेको सहयोग गरेका हौं ।” उनले अरुले पनि यस्ता सेट सहयोग गर्न सके महामारीका बीचमा उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल उच्च हुने विश्वास व्यक्त गरे ।
पिपिई सेट बुझेपछि भेरी अस्पताल प्रमुख डा. प्रकास थापाले अहिलेको आवश्यकता नै पिपिई भएको बताए । सो सेटले ज्वरो क्लिनिक, आइसोलेसनमा भएका बिरामी हेर्न डक्टर, नर्स र अरु मानिसलाई पनि काम गर्न सजिलो हुने डा. थापाको भनाई थियो ।
नेशनल प्याब्सनका केन्द्रीय सचिव कुशुम रानाभाट, नेशनल प्याब्सनका जिल्ला उपाध्यक्ष चिरन्जिबि चन्द, कोषाध्यक्ष गोविन्द रावत र उप महानगरपालिका संयोजक राजिव शर्मा, नेशनल प्याब्सनका केन्द्रीय सदस्य कुबेर बस्नेत, प्रदेश सदस्यद्वय कमल पछाई, गोबिन्द चौधरी, जिल्ला उपाध्यक्ष किशोर राज मल्ल, कोहलपुर नगरपालिकाका स्वास्थ्य प्रमुख डिल्लीराज पोखरेल लगायतहरुको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्