‘लकडाउन’ को समयमा कालोबजारी गर्ने कोहलपुरका दुई तरकारी पसल कारबाहीमा



कोहलपुर ।
बाँकेको कोहलपुरमा तरकारीमा कालोबजारी गर्ने दुई तरकारी पसललाई कारबाही गरिएको छ ।

बजार अनुगमन टोलीले बढी मुल्य लिएर बेचिरहेका कोहलपुरका दुई तरकारी पसललाई कारबाही स्वरुप पहिलो चरणमा जरिवाना गराउँदै सचेत गराएको हो ।

शनिबार साँझ निस्कीएको बजार अनुगमन टोलीले ‘लकडाउन’ को फाइदा उठाउँदै उपभोक्तालाई बढी मुल्यमा तरकारी बिक्री गरिरहेको अवस्थामा रेग्मी तरकारी पसल र भाट तरकारी तथा फलफुल स¥लायर्सलाई जरिवाना गरेको थियो ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण प्रसाद पौडेलका अनुसार रेग्मी तरकारी पसललाई ५० हजार र भाट तरकारी तथा फलफुल स¥लायर्सलाई २० हजार रुपैयाँ जरिवाना गराउँदै सचेत गराइएको हो ।

अनुगमन टोलीमा स्थानीय जनप्रतिनिधी, उपभोक्ता संरक्षण हितका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार