सल्यानमा बस दुर्घटनाः सहचालकको मृत्यु, ३ घाइते



सल्यान ।

सल्यानमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तिन जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षिइ सुजन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । शारदा नगरपालिका ८ काटीगाउँबाट दुलधरापोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस मार्केबजार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी शारदा नगरपालिका ८ का २६ वर्षिय सुरेन्द्र सेजवाल, सोही ठाउँका २८ वर्षिय थमन चलाउने र वडा न ५ का २७ वर्षिय खेमराज बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ ।

गाडीको टायर पन्चर भएपछि ममर्तका लागि दुलधारा पोखरा आउँदै गर्दा बस दुर्घटना भएको बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १४ गते शुक्रबार