कोरोना विरुद्ध पूर्वमन्त्री राइको सक्रियता



कोहलपुर  :
विश्वव्यापी आतंक मच्चाइरहेको कोरोना कोभिड १९ नियन्त्रण बाहिर छ ।

अहिलेसम्म १६ हजारबढीको ज्यान गइसकेको छ ।

पाँच लाखको हाराहारीमा संक्रमित छन् । नेपालमा पनि कोरोनाको संक्रमण भित्रिसकेको छ ।

सरकारले कोरानाविरुद्ध आजदेखि देशलाई लकडाउन गरेको छ ।

सरकारको निर्णयलाई हरेक नेपालीले साथ दिनु पर्ने अवस्था छ । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद मोहम्मद इस्तियाक राई बाँकेमा कोरोना भित्रिन नदिन आफै खटिएका छन् ।

उनले आफ्नै पहलमा नेपालगञ्जलाई सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने अभियान नै गरेका छन् ।

नेपालगन्जको जमुनाह नाकाबाट यस्को सुरुवात गरिएको हो । यो मेरो आफ्नो एकल प्रयास हो,

पूर्वमन्त्री समेत रहेका राईले भने प्रत्येक जनप्रतिनिधिले आफ्नो तर्फबाट सहयोग गर्न जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ११ गते मंगलबार