कोहलपुर ।
अदालतबाट बलात्कार मुद्दामा तीन वर्ष कैद सुनाइएका कोहलपुर १३ का योगेश खत्री पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले मंगलबार घरबाटै पक्राउ गरेको हो ।
उच्च अदालत तुल्सीपुर ईजलास नेपालगञ्जले गत २०७५ बैशाख २५ गते बलात्कार मुद्धामा दोषी ठह¥याई खत्रीलाई ३ वर्ष जेल सजाय तोकेको थियो । उनी त्यतीबेला देखि नै फरार रहेको कोहलपुर प्रहरीले जनाएको छ । पक्राउ परेका खत्रीलाई मंगलबार नै जिल्ला अदालत बाँकेमा उपस्थित गराईएको ईलाका प्रहरी कार्यालय कोहलपुरका मुद्धा फाँटका ईन्चार्ज प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ माघ ८ गते बुधबार








प्रतिक्रिया दिनुहोस्