कोहलपुर ।
बाँकेको खजुरा स्थित अमर मावि गौतमबस्तीको खेलमैदानमा सञ्चालित दोस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मावितर्फ ज्ञानोदयन नमूना माविले फेरी शिल्ड उचालेको छ । अरुणोदय मावि द्वितिय र दीपक बोर्डिङ स्कूल तृतीय भएका छन् । आधारभूत (६–८) तर्फ मनकामना आधारभूत विद्यालय बलभद्रपुर प्रथम, ज्ञानोदय मावि द्वितिय र जनसेवा मावि तृतीय भएका छन् । अभारभूततर्फ जनता मावि बठवा प्रथम, मर्निङ स्टार एकेडेमी द्वितिय र अरुणोदय तृतीय भएका छन् ।
आधारभूत (१–५) तर्फ लङजम्प छात्र छात्रा, १०० मिटर दौड, कुर्ची दौड, रिले मिक्स, चम्चा मिक्स, मार्चपासमा प्रतिस्पर्धा गराइएको थियो । त्यस्तै आधारभूततहमा एथलेटिक्स, कबड्डी, मार्चपास, अनुशासन एथलेटिक्स स्कूलमा प्रतिस्पर्धा गराइएको दोस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता संयोजक यमनारामण महतोले जानकारी दिए । मावितर्फ भलिबल, एथलेटिक्स, कपड्डी, मार्चपास, अनुशासनमा मावि वीच प्रतिस्पर्धा गराइएको थियो ।
गत पुस २८ गते उद्घाटन भएको प्रतियोगिता ३ गते समपान हुने भए पनि वर्षाका कारण २ दिन स्थगित गर्नु परेको थियो । सोमबार आज भएको समापन कार्यक्रममा विजेता विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, शिक्षा शाखा प्रमुख टिकाराम गोसाई, शिक्षा विज्ञ भक्तबहादुर केसी, वडाध्यक्ष देविलाल खनाल, कान्तुराम गौतमलगायतले शिल्ड, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।
त्यसैगरी प्रतियोगिताका प्रथम, द्वित्तीय र तृतीय स्थान हासिल गर्ने मा.वि.तर्फ क्रमशः २० हजार, १० हजार र ७ हजार, आधारभूतमा १० हजार, ७ हजार ५ हजार नगद पुरस्कार प्रदान गरिएको हो । यसैगरी आधारभूत (१–५) मा प्रथम, द्वित्तीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्र«फी प्रदान गर्नुका साथै विद्यागत र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रमाणपत्र प्रदान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्