गन्दर्भ समुदायलाई नगरपालिकाले टिनको घर उपहार



कोहलपुर ।

कोहलपुर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका गन्दर्भ सुमादायकालागि घर निर्माण गरीदिएको छ । नगरपालिकाले आधुनिक प्रविधि सहितको घरनिर्माण गरीदिएपछि गन्दर्भ समुदायमा खुसियाली छाएको छ । घर पाएसँगै स्थानिय सरकारले अभिभावकीय भुमिका निर्वाह गरेको भन्दै उनिहरुले खुसी ब्यक्त गरेका हुन ।

कोहलपुर नगरपालिका वडा नं. ११ स्थित लोक नगरमा गन्दर्भ समुदायको वसोवास रहँदै आएको थियो । सिमित सँख्यामा रहेका गन्दर्भ समुदायका ब्यक्तिहरुको सुविधालाई मध्यनजर गर्दै नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गरीएको हो । केही महिना अघि निर्माण गरीएका घर सम्बन्धित समुदायलाई हस्तान्तरण गरीसकेको कोहलपुर नगरपालिकाले जनाएकोे छ ।

मंसिर १३ गतेदेखी आफुहरु सरकारले उपलब्ध गराएको घरमा बस्दै आएको गन्दर्भ समुदायका अगुवा मानबहादुर गन्दर्भले बताए । यद्यपी घरमा बत्ति र पानीको उपलब्धता नहुँदा समस्या हुँदै आएको मानबहादुरले बताए ।

पुर्खौंदेखि गोठमा बस्दै आएका उक्त समुदायलाई स्थानिय सरकारले घरको ब्यबस्था गरीदिएपछि आफुहरु खुसी भएको भगवती गन्दर्भले बताईन । बाबु-आमा सरह घर बनाईदिएको सरकारले पानी र बत्तिको ब्यबस्था मिलाईदिए बृद्धबृद्धा र बालबालिकालाई सहजता हुने भगवतीले बताईन ।

वि.स. २०६१ साल देखि डुडुवा नाल छेउमा बस्दै आएका गन्दर्भ समुदायकालागि संघिय सरकारको १ करोड सहयोग र कोहलपुर नगरपालिकाको २५ लाख लागतमा १० वटा घर निर्माण गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए । घर निर्माण गरीएपनि पानी र विद्युत विस्तार गर्ने काम भने बाँकी नै रहेकाले खानेपानीकालागी ट्याङ्की राख्ने र विद्युत बिस्तारको काम एक दुई दिनमै सकिने रावतले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ६ गते सोमबार