अनोज थारु, । बढैयाताल ।
थारु समुदायको ठुलो पर्व माघिको अवसरमा बर्दियाको बढैयातालमा माघि मिलन कार्यक्रम गरिएको छ । बढैयाताल गाउँपालिकाको बकोटियामा रहेको प्राचिन शिवालय मन्दिरको संरक्षणका लागि बकोटिया गाउँमा आइतबार माघ मिलन कार्यक्रम गरिएको हो । ‘समृद्ध नेपाल खुसी नेपाली, समृद्ध प्रदेश खुसी जनता’ भन्ने नारालाई आत्मासाथ गर्दै श्री प्राचिन शिवालय मन्दिरको सहकार्यमा नेकपा ७ नम्बर वडा कमिटी बढैयातालको आयोजनामा माघ मिलन कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सहभागि नेकपा नेता तथा सांसदहरुले थारु मौलिक संस्कृतिलाई उजागर गर्ने, शिवालय मन्दिरको संरक्षणमा सबैको ध्यान जानुपर्नेमा जोड दिए । नेकपा नेता तथा प्रदेश सभा सदस्य कविराम थारुले शिवालय मन्दिर थारु संस्कृति सँग जोडिएकाले संरक्षणको लागि पहल गर्ने बताए । संविधान सभा सदस्य श्याम ढकालले थारु समुदाय पछाडी पारिएको समुदाय भए पनि कला संस्कृतिको हिसावले धेरै अगाडी रहेको दाबी गरे ।
उनले थारु कला संस्कृतिलाई मेला महोत्सवमा मात्रै नभएर गाँउ समुदाय देखि नै संरक्षण गर्नुपर्नेमा जोड दिए । नेकपा बर्दियाका अध्यक्ष भवन कुमार थारुले माघि पर्व थारु समुदायले स्वतन्त्रताको दिनको रुपमा लिएको बताए । बर्षौ पुरानो मन्दिर संरक्षणको अभावमा जिर्ण बन्दै गएकाले मन्दिरको रेखदेखमा समुदाय आफै अग्रसर हुनुपर्ने बढैयाताल गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताएका थिए ।
फोटो फिचर नेकपा ७ नम्बर वडा कमिटी बढैयातालका अध्यक्ष दुर्गादत्त पोख्रेलको अध्यक्षतामा भएको माघि मिलन कार्यक्रममा संविधान सभा सदस्य निर्मलप्रकाश सुवेदी, नेकपा बढैयातालका अध्यक्ष लल्लु थारु, सचिव दिल बहादुर केसी, बाँसगढी नगर उपप्रमुख सुष्मा चौधरी, नेकपा भातृ संगठनका नेता कार्यकर्ता, स्थानीय जनप्रतिनिधी, गाउँका अगुवा, बरघर, स्थानिय लगायतको सहभागिता रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्