अखिल छैटौं बाँकेको अध्यक्षमा चन्द



नेपालगञ्ज ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैटौं बाँकेको अध्यक्षमा नवराज चन्द चयन भएका छन् । शनिबार नेपालगञ्जमा सम्पन्न प्रथम भेलाले चन्दको अध्यक्षतामा १७ सदस्सीय जिल्ला कार्यसमिती चयन गरेको हो । जसको उपाध्यक्षमा कालि बहादुर डाँगी, सचिवमा राजु चौधरी, कोषाध्यक्षमा विपिन धामी र सहसचिवमा सुनिल चौधरी चयन भएका छन् ।

अखिल छैटौंले आगामी चैत्र महिनामा सञ्चालन गर्न लागेको संघीयता विरुद्ध काठमाडौं केन्द्रित कार्यक्रमको तयारीको सिलसिलामा बाँकेमा भेला गरिएको बताइएको छ । भेला पुर्व नेपालगञ्जमा ¥याली समेत निकालिएको थियो । स्थानीय गणेशमान चोकबाट सुरु भएको ¥याली विपी चोक, त्रिभुवन चोक हुँदै इन्द्रेणी होटलमा पुगेर भेलामा परिणत भएको हो ।

भेलाको छैटौंका केन्द्रिय महासचिव महेश जोशीले उद्घाटन गरेका थिए । भेलामा छैटौंका कर्णाली प्रदेश इन्चार्ज हरी बुढा, प्रदेश ५ का सह सचिव पुरण पोखरेल, युवक संघका महासचिव पाण्डे, राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष भिम प्रसाद देवकोटा लगायतले संघीयता विरुद्ध काठमाडौं केन्द्रित कार्यक्रमको शुभकामना समेत दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २७ गते आइतबार