सुर्खेत ।
सुर्खेतको लेकबेँसी नगरपालिकालाई मदिरामुक्त बनाउने अभियान सञ्चालन गरिने भएको छ । दुई चरणमा विभिन्न कार्यक्रम सञ्चालन गरी नगरपालिकालाई मदिरामुक्त बनाउन लागिएको जनाइएको छ । नगर प्रमुख गगनसिंह सुनारले अभियानको पहिलो चरणमा जनचेतनामूलक र त्यसपछि नियन्त्रणमुखी अभियान सञ्चालन गरेर नगरपालिकालाई मदिरामुक्त बनाइने बताए । समाजमा भइरहेका विभिन्न विकृति तथा हिंसाको मुख्य कारण मदिरा भएकाले नगरपालिकाले यसलाई नियन्त्रणलाई अभियानकै रुपमा अगाडि बढाइने उनले बताए ।
जिल्ला प्रहरी कार्यालयले नगरपालिकामा आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रममा प्रमुख सुनारले यस्तो बताएका हुन् । उनले तत्कालै मदिरा सेवन गर्नेका लागि मदिरा सेवन कार्ड लागू गर्नाका साथै मदिरा सेवनको समय पनि तोकिने जानकारी दिए । ‘कर्णालीका केही जिल्ला र स्थानीय तहले मदिरा निषेधित गरिसकेका छन्’ नगरप्रमुख सुनारले भने, ‘लेकबँेसीलाई पनि हामीले त्यो मार्गमा डो¥याउँछौँ ।’ उनले नगरपालिकामा दलित र जनजातिको बाहुल्यता रहेकाले पनि यहाँ अत्यधिक मात्रामा मदिरा उत्पादन भइरहेको र यसले सामाजिक विकृतिका घटना घट्ने गरेका बताए ।
प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले कर्णाली प्रदेशमा सामाजिक अपराधका घटना अत्यधिक मात्रामा रहेका बताएका छन् । उनले कुसंस्कार, गरिबी, विभिन्न गलत रीतिरिवाजका कारण सामाजिक हिंसाका घटना बढेका जानकारी दिए । जोशीका अनुसार महिलामाथि हुने घटनाको मुख्य कारण नै मदिरा भएको हुनाले यसको नियन्त्रणका लागि अगाडि बढ्नुपर्छ ।








प्रतिक्रिया दिनुहोस्