काठमाडौं।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी समिति बैठकमा राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेश गरिएको छ।
नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरे। बैठक भोलि, ३० मंसीर बिहान ११ बजेदेखि बस्नेगरि आजलाई सकिएको छ।
बैठकले प्रधानमन्त्रीको स्वास्थ्यलाभ सम्बन्धी प्रस्तावसमेत पारित गरेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। आजको बैठकमा नेपाल–भारत सीमा समस्या सम्बन्धी विषयले पनि प्रवेश पाएको छ।
बैठकमा नेताहरूले तीन–तीन महीनामा बस्नुपर्ने स्थायी समिति बैठक किन एक वर्षमा बसेको भन्दै प्रश्न गरेका थिए।
स्थायी समिति बैठकका अजेण्डा आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवाय बैठकले तय गरेको थियो। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी भएपनि स्थायी समिति बैठकमा भने अुनपस्थि थिए।
नेकपाको स्थायी समिति बैठक एक वर्षपछि बसेको हो। स्थायी समितिको अघिल्लो बैठक २९ मंसीर २०७५ मा बसेको थियो।








प्रतिक्रिया दिनुहोस्