सुरु भयो क्रिसा रनिङ शिल्डको ११ औँ सस्कण



कोहलपुर ।
बाँकेको कोहलपुरमा विगत १० वर्ष देखि सञ्चालन हुँदै आएको क्रिसा रनिङ शिल्ड प्रतियोगिताको ११ औँ संस्करण सुरु भएको छ ।

कोहलपुर क्षेत्र सस्थागत विद्यालय संगठन‐क्रिसा)को आयोजनामा ११ औँ संस्करण सुर भएको हो ।

प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच ५ नम्बर प्रदेशका सामाजिक सुरक्षा मन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।

प्रतियोगिता कोहलपुर नगरपालिका, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा हरेका सस्थागत ३३ विद्यालयहरुको सहभागिता रहेको छ । ११ खेल समाबेश छन् । प्रतियोगिता २७ गते सम्म सञ्चालन हुने छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २५ गते बुधबार