कोहलपुर घटना : कोहलपुरमा सदभाव ¥याली सुरु



कोहलपुर । 

बाँकेको कोहलपुरमा सदभाव ¥याली निकालिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले ६ बुँदे निर्णय गरेको थियो ।

प्रदर्शनकारीको माग अनुसार नै निर्णय भएको भन्दै सदभाव कायम गर्नको लागि ¥याली निकालिएको हो । ¥याली त्रिभुवन माध्यमिक विद्यालयबाट सुरु भएको छ ।

आईतबार सोही विद्यालयमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई टकले किचेर गम्भिर घाईते बनाएको थियो । उक्त घटनालाई लिएर आईतबार र सोमबार दिनभरमा कोहलपुुरमा आन्दोलन समेत भएको थियो । दुई दिन सम्म चलेको आन्दोलनमा ३० जना बढि घाईते भएका थिए । प्रहरीले गोली समेत चलाउनु परेको थियो ।

गम्भिर घाईतेको अहिले काठमाडौमा उपचार भईरहेको छ । ¥याली निकालिएका त्रिभुवन माविबाट सुरु भएर चौराहामा आएर कोण सभामा परिणत हुने छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २४ गते मंगलबार