कोहलपुर ।
आईतबारको आन्दोलनमा सडकमा फालिएका फोहोर विद्यार्थीहmरुले सरसफाई गरिएको छ ।
अनेरास्वावियू र राष्टिय यूवा संघले सरसफाई गरेका हुन् । विहान आठ बजे देखि ११ बजे सम्म बाट सुरु भएको सरसफाई गरिएको थियो ।
झडपको क्रममा प्रर्दशनकारीहरुले ढुङ्गा, इट्टा र सिसाका बोत्तलले सडक भरिएको थियो ।
प्रहरीलाई प्रहार गरेका ढुङ्गा, इट्टा र सिसाका बोत्तल लगायतका सफाई गरिएको अनेरास्वावियू बागेश्वरी क्याम्पस कमिटि अध्यक्ष हेमन्त भट्टराईले जानकारी दिए ।
उनका अनुसार सडक सफाई गर्न मात्रै ३ घण्टा लाग्यो । कोहलपुर नेपालगञ्ज सडक खण्डको एनटिभि चोक देखी न्युरोड चोक लगायतका क्षेत्रमा नेपाल कम्युनिस्ट निकट राष्ट्रिय युवा संघ र अनेरास्वावियूले संयुक्तरुपमा सरसफाई गरेका छन् ।
प्रकाशित मिति : २०७६ मंसिर २३ गते सोमबार








प्रतिक्रिया दिनुहोस्