कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य भन्दा दोब्बर कम राजस्व संकलन गरेको छ । गत साउन देखि कात्तिकसम्म १ करोड २३ लाख ८ लाख ७ सय १६ रुपैयाँ ३२ पैसा राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ ।
पहिलो चौमासिकमा नगरपालिकाले अनुमानित २ करोड १५ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्य भन्दा पनि दोब्बर कम राजस्व संकलन गरेको नगरपालिका अन्तर्गत राजस्व शाखाकी प्रमुख दिपा गुरुङले जानकारी दिइन् । नगरपालिकाले चालु आर्थिक वर्षमा राजस्वको दर रेट घटाएका कारण कारण लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको उनले बताइन् ।
गत आर्थिक वर्षको भन्दा साढे १ करोड बढी राजस्व उठाउने लक्ष्य नगरपालिकाले लिएको छ । गत आर्थिक वर्षमा ५ करोड राजस्व उठाएको नगरपालिकाले चालु आवमा ६ करोड ४७ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । विभिन्न १६ शिर्षकमा नगरपालिकाले राजस्व संकलन गरेको राजस्व शाखाकी प्रमुख गुरुङले बताइन् ।’
सबै भन्दा बढी सम्पत्ति कर शिर्षकमा ३१ लाख ३९ हजार ३ सय ९२ रुपैयाँ ४२ पैसा संकलन भएको छ भने सबै भन्दा कम अन्य शुल्क बापत २ हजार १ सय ५० रुपैयाँ राजस्व असुली भएको छ । भूमिकर-मालपोत दस्तुर ४२ लाख १७ हजार ९४ रुपैयाँ ५३ पैसा, नक्सा पास दस्तुर १८ लाख ७९ हजार ७ सय ८६ रुपैयाँ ७६ पैसा, व्यवसाय रजिष्टे«शन दस्तुर १२ लाख ३४ हजार ७० रुपैयाँ, घर बहाल कर ८ लाख ९४ हजार ९ सय ९२ रुपैयाँ ७३ पैसा उठेको थियो ।
शाखा प्रमुख गुरुङले सिफारिस दस्तुर बापत ४ लाख ६५ हजार ९ सय २ रुपैयाँ १४ पैसा, अन्य दस्तुर शिर्षकमा १ लाख ४४ हजार ५ सय ९३ रुपैया ५० पैसा रहेको बताईन् । अन्य बिक्रिबाट प्राप्त रकम शिर्षकमा ९७ हजार २ सय, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ९४ हजार ६ सय २० रुपैयाँ ७४ पैसा, बहाल विटौरी कर शिर्षकमा ६८ हजार १ सय ७५ रुपैयाँ ५० पैसा रहेको उनको भनाई रहेको छ ।
अन्य निकायबाट प्राप्त व्याज शिर्षकमा ११ हजार १ सय ८८ रुपैयाँ, नाता प्रमाणित दस्तुर १० हजार ८ सय र व्यक्तिगत घटना दर्ता दस्तुर ६ हजार ४ सय ५० रुपैयाँ राजस्व उठेको छ । त्यसैगरी व्यवसाय रजिष्टे«शन दस्तुर ३ हजार ८ सय, अन्य सेवा शुल्क बापत २ हजार १ सय ५० रुपैयाँ रहेको छ ।








प्रतिक्रिया दिनुहोस्