कोहलपुर ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू बागेश्वरी क्याम्पस कमिटिले नेपाल विद्यार्थी संघका बिद्यार्थी नेताको गतिविधि प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार एक प्रेस विज्ञप्ति निकाल्दै अनेरास्ववियूले बागेश्वरी क्याम्पसमा भएको सामान्य विवादमा ने.वि.सघं क्याम्पस ईकाई कमिटीका विद्यार्थी नेताको गतिविधि प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
अनेरास्ववियू बागेश्वरी बहुमुखी क्याम्पस कमिटी कोहलपुरका अध्यक्ष हेमन्त भट्राईद्धारा हस्ताक्षित विज्ञप्तिमा क्याम्पसमा भलिबललाई फुटबल बनाएर खेलिरहेको अवस्थामा त्यसो नगर्न आग्रह गर्दा अनेरास्ववियूका विद्यार्थी नेता प्रति दुव्र्यवहार भएको उल्लेख गरिएको छ ।
उक्त पत्र मार्फत ने.वि.सघं सँग आवद्ध विद्यार्थीहरुले क्यापस परिसर भित्रै लज्जाबोध हुने गरी अपशब्द बोल्नका साथै विद्यार्थी नेता देवेन्द्र बुढा माथि गालीगलौज गरेको बताईएको छ । साथै बुढाको लोकप्रियता, नैैतिककता माथि नै आँच पुग्ने गरी ने.वि.सघं क्याम्पस ईकाई कमिटीका सहसचिव भनिने युवराज आचार्यले गरेको उश्रृंखल कार्यप्रति घोर आपत्ति जनाइएको छ ।
यस्तै सोही क्रममा धकेलमकेल हुँदाँ अनेरास्ववियूका विद्यार्थी नेता बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति दिनेश केसी, विद्यार्थी नेता राजेश वलीको चरित्र हत्या गर्ने गरी ने.वि.संघले निकालेको विज्ञप्ति प्रति घोर आपत्ति छ , विज्ञप्तिमा भनिएको छ ।
यसैगरी क्याम्पस जस्तो पवित्र शैक्षिक सस्थामा अभद्र व्यवहार गर्ने, अपशब्द बोल्ने र उचनिच गर्ने कोही कसैलाई नभएको बताईएको छ । यस्तै सम्बन्धित निकायलाई दोषि माथि कारबाहीको समेत माग गरिएको अध्यक्ष हेमन्त भट्टराईले मिसन टुडेलाई जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्