Update : अर्घाखाँचीमा खस्यो बस, ८ जनाको मृत्यु



अर्घाखाँची ।

अर्घाखाँचीमा बुधबार अपरान्ह भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सन्धिखर्कबाट बुटबलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्वरको बस सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा दुर्घटनामा परेको सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिए । दुर्घटनामा १५ जना भन्दा बढी घाइते भएका छन् ।

बस पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ । बसमा २५-३० जना यात्रु सवारहेको अनुमान गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ११ गते बुधबार