आगामी मंसिर १४ गते हुन गईरहेको उप–निर्वाचनको लागि कोहलपुर वडा नम्बर ६ को अध्यक्षको चुनावी मैदानमा नेपाली काँग्रेसको तर्फबाट श्रीकृष्ण थारु रहेका छन् । २०७४ सालको स्थानीय तहमा निर्वाचनमा नेपाली काँग्रेसका रामसोहन थारुले यस वडामा अध्यक्ष पद जितेका थिए । उनको निधनपछि उक्त वडामा अध्यक्ष पद रिक्त रहेपछि उपनिर्वाचन हुन गइरहेको हो । २०७४ को विरासत फर्काउने लक्ष्य सहित काँग्रेस चुनावी मैदानमा छ । कोहलपुर ६ मा हुन गईरहेको उप–निर्वाचनमा वडा अध्यक्षका दाबेदार मध्येका श्रीकृष्ण थारुसँग संवाददाताले गरेको कुराकानी :-
१. कस्तो भईरहेको छ चुनावी प्रचार प्रसार ?
मंसिर १४ गते कोहलपुर नगरपालिका वडामा नम्बर ६ मा उप निर्वाचन हुदैछ । नेपाली काँग्रेसले मलाई उम्मेदवारका रुपमा अघि सारेको छ । सोही अनुसार अहिले गाउँघरमा घरदैलो अभियान संचालन भईरहेको छ । पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता प्रचार प्रसार निरन्तर चलिरहेको अवस्था छ । दैनिकी यसरी नै चलिरहेको छ । चुनाव नजिकिदै जाँदा यसलाई अलि तिव्र बनाएका छौ ।
२. तपाईको उम्मेदवारी के को लागि हो ?
मेरो उम्मेदवारी कूनै व्यक्ति र पार्टीको लागि होईन । कोहलपुर नगरपालिका वडा नम्बर ६ को विकास तथा समृद्धिका लागि हो । यस्तै यसक्षेत्रमा व्याप्त अशिक्षा, बेरोजगारी, कृृषि, पशुपालन मार्फत रोजगारी सिर्जना गर्नको लागि हो । यति मात्रै होईन वडामा रहेको भष्ट्राचार, विसंगतिको भण्डाफोर गर्नको लागि मेरो उम्मेदवारी हो । मुख्यगरी मैले यहाँका किसानहरुको समस्या, छाडा पशु चौपाय व्यवस्थापन, बाँझो जग्गामा खेती गराउने, खानेपानी, संस्कृति संरक्षणको लागि पनि रहेको छ । म लामो समयदेखि समाजमा घुलमिल हुदै आएको मान्छे हो । मैले जनताको समस्या बुझेको छु । तपाई तपाई मार्फत सम्पुर्णलाई के भन्न चाहन्छु भने, जुन मेरो विषयमा अनियमितता ग¥यो भनेर मिडियामा आएको छ । जुन कपोलकल्पित हो । भ्रम नफैलाउन म सबैलाई आग्रह गर्न चाहन्छु । हारजित पक्कै हुन्छ ।
३. घरदैलो अभियान सञ्चालन गरिहनु भएको छ, के भन्छन् मतदाता ?
मतदाताहरुले देखिने गरी विकास चाहेका छन् । प्रचार प्रसारको क्रममा मेरो विषयमा भ्रम फैलाईएको पाईएको छ । श्रीकृष्णले विद्यालयमा भष्ट्राचार गरेको भनेर भ्रम फैलाईएको छ । भ्रम फैलाउन पाइदैन । यदि जनताको मन जित्ने हो भने त भ्रम फैलाउनु भएन नि । जनताले चुन्ने हुन् भोली । त्यसैले मैले पनि जनतालाई भन्ने गरेको छु । यदि मैले नराम्रो काम गरेको छु भने मलाई भोट नदिनु । मेरो काम त देखिएको छ नी त । यस अघि विद्यालयमा सचिव हुदाँ २० लाखको २ कोठे घर बनाएको छु । अन्य संरचना विस्तार गरिएको छ । मैले राम्रो काम गरेको छु भनेर त जनताले भनिरहेका छन् । राम्रो काम गरेकाले भोट नै मागेर हिडनु पर्दैन । जनताले समग्रमा विकास चाहेका छन् ।
४. जनताका मुद्दा बोकेको छु भन्नु भयो,चुनाव जित्नु हुन्छ त त्यो भए ?
हो मैले जनताका मुद्धा बोकेको छु ,उनीहरु कै दुई तिहाईको सरकार छ । के गरे त आज सम्म । खै त जनताले विकासको अनुुभुति गर्न पाएको छ ? म ठोकुवाका साथ भन्छु हिजो पनि हामीले काम गरेका छौ । आगामी दिनमा समेत हामी काम गरेर देखाउछौ । जनताले मलाई जिताउछन् । कूनै पनि होईन, व्यक्ति होईन । काम गर्ने मान्छे चाहिएको छ ।
५. काँग्रेसले जितेको वडा हो यो, यस पटक पनि जितिन्छ के छ ?
जित्ने नजित्ने जनताको मत हो । उनीहरुले नै जिताउने हुन् । अघिल्लो पटक पनि जनताले नै जिताएका हुन् हाम्रो पार्टीका उम्मेदवारलाई जिताएका थिए । जनताले काम गर्ने जिताउने हुन् । कुरा मात्रै गर्नेलाई होईन । अहिले हामी पाँच जना छौ । सबैले जित्छु भनेरै उम्मेदवारी दिनु भएको हो । मेरो उम्मेदवारी पनि छ जित्नै लागि हो । यहाँहरु पनि जित्छौ भनिरहनु भएको छ त्यौ उहाँको अधिकारको समेत विषय हो । त्यसैले अहिलेको जमानामा पार्टी होईन व्यक्ति नै हेर्ने हो । उम्मेदवार र जनताको पुर्ण समझदारी हुनु पर्दछ । हाम्रो पार्टी लामो समयदेखि जनताको सुख, दुःखमा साथमा रहेर आएको छ । निर्णय जनताको हो । हामीले यस अघि जितेको वडा भएकोले जित्ने आशामा छौ हामी ।
६.नेपाली काँग्रेसको विरासत कायम राख्नु पर्ने दबाव पनि छ नी फेरी तपाईलाई ?
आशा त पक्कै छ, किन भने विगतमा हाम्रो पार्टीले जितेको वडा हो । हामीले जनताको पक्षमा काम गरेका छांै, जनता सँग नजिक छौं । जनताको आवश्यकता बुझेका छांै । हामी जित्छौं भन्ने हाम्रो आंकलन हो । हामी त काँगे्रेसले जितेको हो । दुई तिहाईको दम्भ देखाएर जित्छु भनेर हिडिरहनु भएको उहाँहरु । तर एमाले र माओवादी मिलेर ठूलो पार्टी भएकोले चूनौती पक्कै छ ।
७. त्यसो भए अहिलेको उप–निर्वाचनमा नेपाली काँग्रेसको मुख्य प्रतिष्पर्धी नेकपा हो ?
हो वडा नम्बर ६ मा हाम्रो मुख्य प्रतिष्पर्धी नेकपा नै हो ।
८. जित्न सकिएला नेकपालाई ?
जित्ने भन्ने त यस्तो हो, जनता जर्नादन हुन् । भोट हाल्ने उनीहरुले हो । जहाँ सम्म लाग्न हामीले जितेको वडा भएकोले हामी निकै आशाबादी छौ, जित्नेमा । हाम्रो जित्ने आधार के हो भने हामीले वडाको खाका बनाएका छौ । कहाँ कसरी, कुन ठाउँमा बनाउने खाका छ हामी सँग । कार्यान्वयन गर्नको लागि यस पटक जनताले अवसर दिन्छन् । तीन समुदाय छ यहाँ । हामीले सबैलाई मिलाएरै लैजान्छौ । अर्को कुरा कृषि समस्याका रुपमा रहेको छ । परम्परागत कृषिलाई आधुनिकिकरण गर्ने हाम्रो योजना रहेको छ । स्वास्थ्य समस्या छ, त्यसको समस्याका लागि प्रयोगशाला निर्माण गर्छौ । अन्य धेरै वेथिति छन् त्यसको न्युनिकरणको लागि जनतालाई साथ लिएर अघि बढ्छौ ।समग्रमा समृद्ध वडा नम्बर बनाउनको लागि प्रतिवद्ध छौ । यिनै आधार हुन जसका कारण हामी जित्छौ ।
९. पार्टीको विरासत फर्काउन सकिएला त यसपटक ?
यसमा हामी विस्वस्त छौ । किनभने पहिला पनि वडा नम्बर ६ मा नेपाली काँग्रेसले जितको हो । अहिले भने नेकपासँगै मुख्य प्रतिष्पर्धा हुने हामीले देखेका छौ । कडा मिहेनत गर्नु पर्ने छ हामीले जित्नको लागि । म हार्छु नै भन्ने लागेको छैन । जित्छु भनेरै लागिएको हो । जित्छु भन्ने नै आकलन रहेको छ ।
१०. तपाईले जित्न सक्ने त्यस्ता बलिया आधार छन् र केही ?
मेरो उम्मेदवारी कूनै पार्टी वा व्यक्तिको लागि होईन समग्र वडाको विकास र समृद्धिको लागि हो । स्वास्थ्य विकासको लागि हो, शैक्षिक विकासका लागि हो । यस्ता प्रतिबद्धता त मेरा छ दै छन् । अर्कातिर वडाबासीले नेपाली काँग्रेसले जित्ने आधार के हुन् भने, हामी निति, नियम,आचरणमा चल्छौ । काँग्रेसले सबैलाई समेटेर लैजान्छ । समानुपातिक सहभागिता हाम्रो विशेषता नै हो । वडा नम्बर ६ वास्तविक किसानको बस्ती हो ।
११. काँग्रेसले जितेर पनि केही गर्न सकेन भनिन्छ,नम्बर ६ मा काँग्रेसको विकल्प सकिएकै हो त ?
के गरे छैन देखाउन सक्नु प¥र्यो नि भनेर मात्रै हुन्छ । तपाईलाई भन्छु, उहाँहरुले बहुमतको सकार हुदा समेत के गर्नु भयो । वडा नम्बर ६ त नगरपालिकाको एउटा निकाय न हो । बहुमतले मात्रै विकास हुदो रैनछ भन्ने त देखिसकेको छ । अन्य वडाको तुलनामा विकास भएको छ । पुर्वाधार विकास नै अहिलेको प्राथमिकता हो । वडामा हाम्रो पार्टी विजयी हुनु भन्दा र अहिलेको अवस्था के छ बुझ्दा पनि हुन्छ ।
१२. मानौ, तपाईले जिति हाल्नु भयो अरे, दुई वर्षे कार्यकालमा वडा नम्बर ६ विकसित र समृद्ध होला त ?
समय थौरै पनि छ अब, यदि मैले जितेभने जनताको अपेक्षा अनुसार पक्कै पनि काम गर्न सक्छु भन्ने मेरो विस्वास छ । किन भने जमाजको आवश्यकता र समस्या के हो मलाई राम्रो संग थाहा छ । विगतमा समेत निकै राम्रा काम हरु भएका छन् । वडा नम्बर ६ को सक्रियतामा त्रिभुवन मावि देखि रझेना सम्म १२ मिटरको बाटो बन्दैछ । पिपर चौतारा, बुद्धचोकमा समेत वडा कार्यालयको सक्रियतामा काम भईरहेको छ । यस्तै थुप्रै काम हामीले गरेका छौ । केही काम भर्खर शुरु भएका छन् । त्यस समेत निरन्तरता दिन चाहन्छौ । हामीले जितेपछि वडा नम्बर ६ विकसित हुन्छ ।
१३. अन्त्यमा पाठक वर्ग र मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
मतदाताहरुलाई म के भन्न चाहन्छु भने मतदान गर्नुस् तर राम्रा मान्छे छान्नुस । वडाबासीलाई म भ्रममा समेत नपर्न आग्रह गर्न चाहन्छु । समाज समाजको लागि सही प्रतिनिधि चुन्ने यो अवसर हो । त्यसैले मैले र मेरो पार्टीले विगतमा समाजको हितमा काम गर्दै आईरहेकोले मलाई भोट गरेर जिताउन आग्रह गर्न चाहन्छु ।










प्रतिक्रिया दिनुहोस्