कोहलपुर ।
बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुममा यात्रुबहाक दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको बस सोमबार बिहान दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।
ना ५ ख ६४४९ नम्बरको बस बासखोली मोडमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका थिए । कोहलपुर प्रहरीका अनुसार घाइते हुनेहरुमा रुकुमपश्चिम चौरजहारी नगरपालिकाका १३ का दल बहादुर मल्ल, दाङ तुल्सीपुर उपमहानगरपालिका १४ का बीर बहादुर बस्नेत, वडा नम्बर ६ की आशा बस्नेत, दाङका रामशरण चौधरी, मान बहादुर चौधरी, राजेश परियार र कमोल बहादुर कार्की रहेका छन् ।
त्यसैगरी बाँके राप्तीसानोरी गाउँपालिका ३ का बसका सह–चालक निम बहादुर बस्नेत, कोहलपुर नगरपालिका ११ का करण कुमार पुन, प्यूठान जिल्ला गौमुखी नगरपालिका ६ की तुलाराम पुन, दाङ उपमाहानगरपालिका ५ का नन्द लाल गुप्ता, सल्यान दार्मा गाउँपालिका २ का बलराम आचार्य, सल्यानका छत्रेश्वरी गाउँपालिका ६ का नुमा कुमारी दमाई र सोही ठाँउकी विष्णु कुमारी नेपाली समेत रहेका छन् ।
घाइतेमध्ये सहचालक बस्नेत र रुकुम चौरजहारीका मल्ल गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरुको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका इन्चार्ज प्रहरी निरीक्षक पविन्द्र बमले तिव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने बताए । उनका अनुसार बस सडकबाट ८० मिटर तल खसेको थियो । दुर्घटना लगत्तै नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयबासीहरुले घाइतेहरुको उद्दार गरेर अस्पताल पठाएका थिए ।








प्रतिक्रिया दिनुहोस्