नेपालगञ्ज ।
बा“के जिल्लाका विभिन्न विद्यालयका माध्यामिक तहका विद्यार्थीहरुलाई मानव बेचविखनको विरुद्ध तालिम दिइएको छ । मानव बेचबिखन विरुद्ध विद्यार्थी मार्फत विद्यालय एवं समुदाय स्तर सम्म चेतना अभिबृद्धि गर्ने उद्धेश्यले माइती नेपालले तालिमको आयोजना गरेको हो ।
तालिमको सहजीकरण गर्दैै माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले मानव वेचविखनको वर्तमान अवस्था तथा माइती नेपालले मानव वेचविखनका विरुद्धमा गर्दै आएका कार्यक्रमका बारेमा सहजीकरण गरेका थिए । माइती युवा सञ्जालका मेघ खत्रीले मानव वेचविखनका विरुद्धमा विद्यार्थीहरुको भुमिका वारेमा सहजीकरण गरेका थिए ।
तालिमको समापन गर्दै संयोजक कोइरालाले माइती नेपाल नेपालगञ्जले मानव वेचविखन सम्वन्धी विभिन्न कार्यक्रम अन्तर्गत विद्यालयका विद्यार्थीहरुको सहभागितामा भएको कार्यक्रम निकै प्रभावकारी भएको बताए । मानव बेचविखनमा २००६ साल यता सीमापार यौन शोषण तथा श्रम शोषण र अंग बेचविखनका लागि हुने गरेको तथ्याङ्क बाँकेमा आयोजना गरेको एक तालिममा बताइएको छ ।
१९९० देखी २००६ सम्मको घटना क्रमलाई हेर्दा सीमापार साथै डान्स बार, क्याविन रेष्टुरेन्ट, मसाज पार्लर जस्ता ठाउँहरुमा यौन शोषणका लागि बढ्दो आन्तरीक बेचविखन भएता पनि वर्तमान अवस्थामा यौन शोषण तथा अन्य प्रयोजनका लागि वैदेशिक रोजगारकी क्रममा श्रम शोषण र अंग बेचविखन हुने गरेको पाइएको छ ।








प्रतिक्रिया दिनुहोस्