कोहलपुर ।
बाँकेको कोहलपुर वडा नम्बर ११ मा हरेको बाल ज्योती अंग्रेजी माध्यमिक विद्यालयले आज विभिन्न कार्यक्रम आयोजना गर्दैछ । यसको वार्षिक क्यालेण्डर अन्र्तगत विविध कार्यक्रम हुन लागेका हुन् ।
विद्यार्थीहरुको प्रतिभा पहिचान, क्षमता अभिवृद्धि तथा सिप विकासको लागि विविध कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक दामोदर पौडेलका अनुसार विज्ञान प्रदर्शनी, फूड फेस्टिभल र साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेको विज्ञानका सामग्रहरुको प्रदर्शनी गरिने उनले जानकारी दिए । यस्तै विद्यालयमै विभिन्न खानाका परिकारहरुको लागि फूड फेस्टिभलको आयोजना गरिएको प्रधानाध्यापक पौडेलले जानकारी दिए ।
कार्यक्रममा सहभागिताका लागि सम्पुर्ण अभिभावक र सरोकारवालाहरुलाई निमन्त्रणा र आग्रह गरिएको विद्यालयका अनुशासन विभागका ईन्चार्ज सरोज केसीले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्