मिसन ग्रुपको वनभोज



कोहलपुर ।

बाँकेको कोहलपुरमा नगरपालिका ११, मा रहेको मिसन ग्रुपको वनभोज कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार मिसन ग्रुपको बृहत् वनभोज कार्यक्रम सम्पन्न भएको हो । वनभोज कार्यक्रमको क्रममा मिसन मिडिया ग्रुपलाई आगामी दिनमा झन् प्रभावकारी बनाउने विषयमा व्यापक छलफल भएको थियो । अहिले ग्रुप अन्तर्गत मिसन टुडे दैनिक, रेडियो मिसन, मिसन टेलिभिजन, मिसन अफसेट प्रेस, मिसन ढुवानी सेवा, मिसन विज्ञापन सेवा र क्षितिज न्युज सेन्टर लगायत संस्थाहरु सञ्चालनमा छन् ।

वनभोज कार्यक्रममा गुप अन्तर्गत रहेका विभिन्न कम्पनीहरुको जिम्मेवारी समेत तोकिएको थियो । मिसन ग्रुप अन्तर्गत रहेका संस्थाका विभागको लागि जिम्मेवारी तोकिएको प्रबन्ध निर्देशक विनोद पौडेलले जानकारी दिए । यस्तै मिडिया ग्रुप अन्तर्गत रहेका विभिन्न विभागहरुको समेत छुट्टा–छट्टै बैठक बसी छलफल गरिएको थियो । विभागका प्रमुखहरुले आफ्नो मातहतमा रहेको कर्मचारीहरुलाई प्रभावकारी कार्य सम्पादनको लागि निर्देशन दिएका थिए । पौडेलका अनुसार बाँके जिल्ला मै अग्रणी सञ्चार माध्यमको रुपमा रहेको मिसन ग्रुपलाई अगाडी बढाउनको लागि निर्णय भएको जानकारी दिए ।

अहिले ग्रुप अन्र्तगत रहेको मिसन टुडे दैनिकको पहुँच प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशमा रहेको छ । बाँकेको कोहलपुरमा प्रधान कार्यालय रहेको मिसन टुडे दैनिकको नेपालगञ्जमा सिटी कार्यालय, सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय कार्यालय र बर्दियाको बाँसगढीमा शाखा कार्यालय रहेका छन् । उक्त अवसरमा मिसन टुडे दैनिकका सम्पादक नन्द देवकोटाले मिसन ग्रुपलाई विगतदेखि हालसम्मको अवस्था सम्म पु¥याउनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने विज्ञापन एजेन्सी, पाठक, वर्गलाई धन्यवाद प्रकट गरेका थिए ।

यसैगरी लामो समयदेखि यस मिडियासँग काम गरेका दुई जनालाई कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो । उनीहरु केही समयपछि मिसन ग्रुपमा प्रत्यक्ष रुपमा रहने छैनन् । मिसन मल्टिमिडिया ग्रपुले प्रत्येक वर्ष वनभोज कार्यक्रमको आयोजना गर्दै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक ३० गते शनिबार