चुनावी सभालाई सम्बोधन गर्ने, राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापा कोहलपुरमा भोली आउने



कोहलपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा चुनावी सभालाई सम्बोधन गर्ने भोली २० गते कोहलपुर आउने भएका छन् ।

राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापा, राप्रपाका केन्द्रिय उपाध्यक्ष तथा पूर्व मन्त्री प्रेम बहादुर भण्डारी, राप्रपाका केन्द्रिय महामन्त्री तथां नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर जवरा ज्यू, लगायत केन्द्रीय नेताहरुले चुनावी सभालाई सम्बोधन गर्ने श्रीधर सुवेदी बताए ।

आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि कोहलपुर नगरपालिका वडा नं. ६ बाट श्रीधर सुवेदीलाई अगाडि सारेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक १९ गते मंगलबार