प्रदेश प्रमुखमा अटाएन कर्णाली ः सरकारको व्यापक आलोचना



कोहलपुर ः
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नयाँ प्रदेश प्रमुखको नाम सिफारिस गरेको छ । सोमबार बसेको नेकपाको सचिवालय बैठकले नयाँ प्रदेश प्रमुखको नाम सिफारिस गरेको हो ।

सात वटा प्रदेशको लागि प्रदेश प्रमुख तोकिएको हो । गोविन्द कलौनी (डडेलधुरा), अमिक शेरचन (चितवन), सोमनाथ प्यासी (कास्की), तिलक परियार (बाँके), शर्मिला पाण्डे (काठमाडौं), विष्णु प्रसाईं (झापा) र धर्मनाथ यादव (सिरहा) प्रदेश प्रमुखमा सिफारिस भएका छन् ।

सात वटामा कर्णाली प्रदेश भने अटाएको छैन । सिफारिस हुनेमा कर्णाली प्रदेशबाट कोही पनि अटाएका छैनन् । नेकपा सचिवालयको सिफारिस मिडियामा छाई रहेका बेला कर्णाली भने पुन ः एक पटक ओक्षेलमा परेको छ ।

अहिले सामाजकि सञ्जालमा प्रदेश प्रमुख सिफारिसमा कर्णालीलाई अन्याय गरेको भन्दै व्यापक आलोचना भईरहेको छ । कर्णालीबाट कोही पनि नअटाएपछि बिरोध भइहरेहेको हो । नेकपा प्रदेश सदस्य समेत रहेकी पुर्व राज्यमन्त्री गोमा कुँवरले सामाजिक सञ्जालमा घुमाउरो शैलीमा असन्तुष्टि व्यक्त गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा ‘ हेप्नुको पनि हद हुन्छ ’ भन्दै नेकपा सविचालय बैठकको निर्णय कर्णाली मैत्री नभएको र कर्णाली नअटाएको प्रति आक्रोश व्यक्त गरेकी हुन् ।

यस्तै एल.पि. पौडेल नामका सामाजकि सञ्जाल प्रयोग कर्ताले ‘नेपाल भ्रमण वर्ष, कर्णाली भ्रमण, पर्यटक प्रदेश प्रमुख ’ भनेर व्यांग्य गरेका छन् । प्रार्य सामाजिक सञ्जालका प्रयोगकर्ताले कर्णालीमा पर्यटक, आगन्तुक प्रदेश प्रमुख हुने भन्दै बिरोध व्याग्य र टिप्पणी समेत गरेका छन् ।

सात वटै प्रदेश जहाँको भएपनि कर्णालीबासी अटाउनु पर्ने उनीहरुको माग रहेको देखिन्छ । अन्य प्रदेशमा समेत प्रदेश बेगर जिल्लाका प्रदेश प्रमुख हुने देखिएपनि कम्तिमा कर्णालीको एक जना भएपनि अटाउनु पर्ने मत उनीहरुको रहेको छ ।

आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिईन् । यस अघि कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल प्रदेश प्रमुख थिए । अहिले कर्णाली प्रदेशका सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त निर्णयको व्यापक बिरोध गरिहेका छन् ।

प्रकाशित मिति : २०७६ कात्तिक १८ गते सोमबार