नेपाल विद्युत प्राधिकरण कोहलपुरले भव्यका साथ मनायो संविधान दिवस



नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रमा संविधान दिवस २०७६ को अवसरमा दिप प्रज्वलन गरी मनाएको छ ।

संविधानसभाद्धारा जारी भएको नेपालको संविधान–२०७२ को उपलक्ष्यमा संविधान दिवसको तीन दिने कार्यक्रम अन्तर्गत कोहलपुर वितरण केन्द्रले शुक्रबार साँझ आफ्नो कार्यालयमा नेपालको नक्सा स्वरुपमा दिप प्रज्वलन गरी कार्यालयलाई झिलीमिलि सजाएर उत्साहजनकरुपले संविधान दिवस मनाएको कोहलपुर वितरण केन्द्रका कर्मचारी भाईराज श्रीवास्तवले बताए ।

सो अवसरमा वितरण केन्द्र प्रमुख रुमेश रुपाखेती ,प्रशासन प्रमुख नवराज भट्ट,लेखा प्रमुख द्रोण केसी लगायत वितरण केन्द्र परिवारको सहभागिता रहेको कार्यलयले जनाएको छ

  • No tags available
प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रबार