खुल्यो नेपालगञ्जमा ‘रोजगार पसल’



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा रोजगार पसल सञ्चालनमा आएको छ । बेरोजगारहरुलाई रोजगार दिने उद्देश्यले शनिबारदेखि नेपालगञ्जमा रोजगार पसल खुलेको हो । पसलको एक कार्यक्रमका बिच नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले उद्घाटन गरे । होटेल, कलकारखाना, उद्योग, अस्पताल, शिक्षण संस्था लगायतमा आवश्यक पर्ने सबल र दक्ष कामदारहरुको माग यो पसलले सहज रुपमा पु¥याउने उनले विश्वास लिए ।

बेरोजगार व्यक्तिहरुलाई उनीहरुको सीप र क्षमताको आधारमा विभिन्न रोजगारी दिने संघ संस्थाहरुसम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले पसल खुलेको बताइएको छ । रोजगार पसलका म्यानिजिङ्ग डाईरेक्टर सैलेन्द्र राज गिरीले पसलले रोजगारदाता संघ संस्था र रोजगार गर्न चाहानेको लागि पुलको काम गर्ने बताए । ‘हामीले रोजगारदाता संघ संस्थाले गरेको माग अनुसारका दक्ष र सबल कामदारहरु उत्पादन गरेर पठाउछौ’ उनले भने, ‘बिदेशमा गएर पसिना बगाउनु भन्दा सीप सिकेर सीप अनुसारको जागिर नेपालमै गरि आय आर्जन गर्न सकिनेछ ।’

सीप प्रोजेक्टको प्राबिधिक सहकार्यमा नेपालगन्ज शाखा संचालनमा आएको सीप कार्यक्रमका रिजेनल म्यानेजर सन्जय ज्ञवालीले जानकारी दिए । रोजगार पसल नेपालगञ्जका शाखा ईन्चार्ज उपेन्द्र गुरुङ्गले बेरोजगार व्यक्तिले नेपालगञ्जको शाखा कार्यालयमा आई आफ्नो आवेदन निशुल्क रुपमा दर्ता गर्न सक्ने बताए । उनका अनुसार रोजगार गर्न चाहाने व्यक्तिका लागि आवश्यकता अनुसारको तालिमको व्यवस्था समेत पसलले
गर्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २२ गते आइतबार