क्षेत्रीय सभापतिमा यादव



बाँसगढी, बर्दिया ।

नेपाली काँग्रेस बर्दिया प्रतिनिधी सभा क्षेत्र नम्बर १ को सभापतिमा मुक्तिनाथ यादव चयन भएका छन् । नेपाली काँग्रेसको केन्द्रिय निर्णय अनुसार उनी क्षेत्रीय सभापतीमा चयन भएका हुन् ।

नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापतिमा मानबहादुर ओली चयन हुँदा प्रदेशसभा (ख) को सभापतिमा विरेन्द्र चौधरी चयन भए । देश संघिय संरचनामा गएसँगै नेपाली काँग्रेसले समेत सोही अनुसार संगठन निर्माण गरिरहेको छ ।

तीनै क्षेत्रमा चयन भएकाहरुले शनिबार सोही क्षेत्रबाट निर्वाचित सांसद सञ्जय गौतमसँग अन्तरक्रिया गरेका थिए । उनीहरुलाई एक कार्यक्रमका बिच पुर्वमन्त्री समेत गौतमले अबीर लगाएर र खादा ओढाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

उनीले आगामी निर्वाचनमा तीनै तहको चुनाव जित्नेगरी काम गर्न सभापतिहरुलाई निर्देशन दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २२ गते आइतबार