साधारण सभा सम्पन्न



कोहलपुर

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ प्रगतिनगरमा रहेको स्थित प्रगतिशील आमा समुहको प्रथम साधारण सभा सम्पन्न भएको छ ।आमा समुहले वर्ष भरीको गरेको क्रियाकलापको जानकारी दिने उद्देश्यले साधारण सभा सम्पन्न भएको हो ।

शुक्रबार सम्पन्न साधारण सभाको प्रदेश नम्बर की सांसद एंव संसदीय दलको सचेतक माननीय पार्बती पुन ‘उषा’ले उद्घघाटन गरिन् । उक्त अवसरमा बोल्दै सांसद पुन महिला शसक्तिकरणको माध्यम आर्थिक क्षेत्र रहेको बताईन् ।

साधारण सभाको प्रमुख अथिति समेत रहेकी उनले सहकारीको माध्यमबाट महिलाको व्यक्तित्व विकास गर्न सकिने बताईन् । उनका अनुसार आफ्नो अधिकारको लागि महिला एक जुट हुनु पर्ने बताईएको छ । साधारण सभामा समुह सदस्यहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ३२ गते शनिबार