जातिय छुवाछुत विरुद्व स्थानिय तह केन्द्रित अभियान



सुर्खेत ।

कर्णाली प्रदेशलाई जातिय छुवाछुत मुक्त गराउनका लागि कर्णाली प्रदेश सरकारले स्थानिय तह केन्द्रित अभियान चलाउने भएको छ । कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री दलित उत्थान कार्यक्रम अन्तर्गत अभियानहरु चलाउने भएको हो ।

प्रदेशका १० वटै जिल्लाका ७९ वटा स्थानीय तहमा लैजाने सामाजिक विकास मन्त्री दल रावलको भनाई छ । प्रदेशभर दलिहरुको जनसंख्या २४ प्रतिशत
छ । गरिवी, पछौटेपन दलित समुदायमा धेरै रहेको उहाँको भनाई छ ।

आफुले दलित माथि गरिने भेतभाव अन्त्य गरिने बताए । दलित समुदायहरुको श्रम र सिपलाई प्रवद्र्धन र आधुनिकरण गरेर आर्थिक रुपमा सम्पन्न बनाउने प्रदेश सरकारले यो वर्षमा बजेटको व्यवस्था गरेको मन्त्री रावलले जानकारी दिए । चालू आर्थिक वर्षमा दलित समुदायमा हुने विभेदका लागि सशक्तिकरणको कार्यक्रम गर्ने छ । अव आउने वर्षमा स्थानिय तह देखि प्रदेशलाई नै छुवाछूतमुक्त घोषणा गर्ने योजना रहेको छ । छुवाछूत मुक्त बनाउने प्रतिवद्धता छ ।

कानुनमा छुवाछूत मुक्त छ तर व्यवहारमा लागू नभएकाले विभेदलाई अन्त्य गर्न प्रदेश सरकार लागि परेको रावलले बताए । तिनै तहका सरकारको भुमिका, आमनागरिक, दलित र गैरदलिका व्यक्तीहरुको चेतनामा सबै मान्छे एउटै हौ भन्ने बुझन् आवश्यक रहेको सामाजिक मन्त्रीको भनाई रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ६ गते सोमबार