अखिल नेपाल युवक संघ कोहलपुरको अध्यक्षमा कार्की चयन



कोहलपुर ।

बाँकेमा अखिल नेपाल युवक संघको कोहलपुर नगर भेला सम्पन्न भएको छ ।  शनिबार अखिल नेपाल युवक संघको नगर भेलाले गौरिलाल कार्कीको अध्यक्षतामा ७ सदस्यीय कमिटी गठन  गरेको छ ।

जसमा सचिव ठाकुरप्रसाद सापकोटा, कोषाध्यक्ष सावित्री कार्की, सदस्यहरुमा केशव शाही, अरविन चौधरी, दिपेन्द्र बुढा र रेशम भण्डारी चयन भएका छन् ।

त्यस्तै अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डे, बामपंथी नेता तथा पुर्व सांसद हरि आचार्य, रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष मानबहादुर भण्डारी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गुणनिधी आचार्य, संघका पुर्व उपाध्यक्ष जगदीश ढकाल, संघका पुर्व केन्द्रिय सदस्य गौरीलाल कार्की, जातीय समता समाजका मनबहादुर विक, रक्तिम जिल्ला अध्यक्ष शरद लामिछानेको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार २८ गते शनिबार