कोहलपुर ।
भारतीय पर्यटकले नेपालगञ्ज र कोहलपुर आसपासका होटल भरिभराउ भएका छन् । नेपालगञ्जहुँदै हुम्लाको कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ भएका हुन् । हरेक वर्ष बैशाख महिना देखी भदौ सम्म भारतीय पर्यटक कैलाश मानसरोवर जाने भएकोले होटलहरुमा पर्यटकको सख्या बढ्ने होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेले बताए ।
उनका अनुसार यस क्षेत्र सुविधा सम्पन्न होटलहरु भएको पनि पर्यटकको आकर्षण रहेको उनी बताउँछन् । यससंगै यहाँको होटल लगायतका व्यवासाय निकै फस्टाएको छ । पर्यटकको थप सुविधाको लागियस वर्षबाट नेपालगञ्ज देखी हुम्लाको मानसरोवर जानको लागि हवाई प्याकेज संचालन गरिएको छ । अहिले नेपालगञ्जमा मात्रै एक हजार ५सय भन्दा बढी होटल सञ्चालनमा रहेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले बताए गत वर्ष करीब १५ हजार पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेको तथ्याङ्क छ । यस वर्ष यो संख्या बढेर करीब २५ हजार पुग्ने अनुमान गरिएको छ ।
भारतबाट भित्रिने पर्यटक दिल्लीबाट हवाई मार्गहुँदै काठमाडौँ र त्यहाँबाट नेपालगञ्ज आउने गरेका छन् । त्यसबाहेक सडक यातायातको प्रयोग गरी नेपालगञ्ज नाकाबाट समेत पर्यटक भित्रिने गरेका छन् । होटल सिटी प्यालेसका सञ्चालक लोकेन्द्र अर्याल मानसरोवरका यात्रुले होटल भरिभराउ रहेको बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्