केन्द्र प्रमुखको बैंठक सम्पन्न



कोहलपुर ।

महिला लघुवित्त वित्तीय संस्था कोहलपुर शाखा सेवा क्षेत्रका महिला समुहका केन्द्र प्रमुखहरुको बैठक बुधबार सम्पन्न भएको छ । संस्थाले १ वर्ष देखी बाँके जिल्लामा महिलाको क्षमता विकास, आर्थिक, जिविकोपार्जनको क्षेत्रमा काम गर्र्दैे आएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु कुमारी थारुले पछिल्लोे समय ग्रामिण तथा सहरी क्षेत्रका महिलाहरु वित्तीय क्षेत्रमा पहुँज बढ्दै गएको बताईन् ।

उनले सामाजिक क्षेत्रमा महिलाको नेतृत्व आवश्यक रहेकोमा जोड समेत दिएकी थिइन्् । ‘एकातिर महिलामा वित्तीय पहुँच बढेको छ’ उप प्रमुख थारुले भनिन्, ‘अर्कातिर धेरै सहकारी, वित्तीय समुहमा एकै जना बस्ने गरेको भन्दै थुप्रै समस्या पनि निम्तिएका छन् ।’ नगरपालिका अन्र्तगत न्यायिक समितिमा यस्तै प्रकृतिका मुद्धा आईरहेकोले महिला स्वयम यसमा चनाखो हुनुपर्ने उनले बताइन् ।

१ वर्षमा सेवा क्षेत्रमा लागु कार्यक्रमको प्रभाव, आगामी दिनमा गर्नुपर्ने सुधार लगायतका विषयमा छलफल गर्ने उद्देश्यले केन्द्र प्रमुखहरुको बैठक आयोजना गरिएको महिला लघुवित्त वित्तीय सँस्था कोहलपुर शाखा प्रमुख सार्थक मणि आचार्यले जानकारी दिए ।

‘महिलाको सशक्तिकरण र जिविकोपार्जनको क्षेत्रमा काम गर्दै आएका छौ’ उनले भने, ‘बचत मार्फत महिलाको आर्थिक अवस्थामा सुधार गरी महिलालाई स्वरोजगार बनाउने सस्थाको लक्ष्य छ ।’ देशभरमा ४२ शाखा रहेको महिला लघुवित्त वित्तीय संस्थाबाट ३५ हजार महिला लाभान्वित छन् । प्रमुख आचार्यका अनुसार संस्थाले १ वर्षमा २ करोड बराबरको कारोबार गरी सकेको छ । कार्यक्रममा सेवा क्षेत्रका विभिन्न समुहका प्रमुख, उप प्रमुख र सचिवहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ९ गते बिहीबार