कोहलपुरमा कार्यशाला गोष्ठी



डिल्ली शाही, कोहलपुर ।

बाँकेको कोहलपुरमा दुई दिने प्राज्ञिक तथा अनुसन्धानात्मक लेखन सिप विकास कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ । बागेश्वरी बुहुमखी क्याम्पस कोहलपुरमा रहेका प्रगतिशित प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संघको संयुक्त आयोजनामा गोष्ठी भएको थियो ।

कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ का १० वटा सामुदायिक क्याम्पसका प्राध्यापकहरुलार्ई अनुसन्धानात्मक लेख कसरी लेख्ने, विद्यार्थीहरुलाई कसरी पढाउने भन्ने विषयमा प्रशिक्षण गरिएको हो । मध्यपश्चिम विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र संकायका प्राध्यापक डिन खोपीराम लम्साल, विज्ञान तथा प्राविधिक संकायका प्रा.डा. देव बहादुर खड्का, मध्यपश्चिम विश्वविद्यालयका केन्द्रिय अनुसन्धानका निर्देशक प्रा.डा. दिप बहादुर रावल, अंग्रेजी विभागका वरिष्ठ प्र्राध्यापक सरद बस्यालले प्रशिक्षण दिएका थिए ।

अनुसन्धान विधि तथा साधनहरूको छनोट, तथ्यांक प्रस्तुति तथा विश्लेषण, समस्या पहिचान, साहित्यिक तथा सैद्धान्तिक पुनरावलोकन, उद्दरण तथा सन्दर्भ ग्रन्थ सूचि लगायत आधारभूत सिप तथा जर्नल लेख लेखन सिप विकास सम्बन्धी प्रशिक्षण दिएको नेपाल राष्ट्रिय प्राध्यापक संघका अध्यक्ष तलित प्रकाश चन्दले जानकारी दिए ।

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक रेशम विष्ट, शिक्षण सहायक प्र्रमोद सुवेदी, खुुम खड्का, राजकुमार चन्द लगायतले अनुसन्धान लेख सम्बन्धी कार्यपत्र तथा अवधारणा प्रस्तुत गरेको प्रगतिशित प्राध्यापक संघका अध्यक्ष तोयानाथ पहाडिले बताए ।

नेपाल राष्ट्रिय प्राध्यापक संघका अध्यक्ष तलित प्रकाश चन्दले अनुसन्धान लेख लेखन सम्बन्धी ज्ञान सीप र क्षमता अभिबृद्धि गर्नका लागि गोष्ठी गरिएको जानकारी दिए । उनका अनुसार १० वटा क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस भएपश्चात प्राध्यापकहरुको प्राज्ञिक क्षमता बृद्धि क्षमता बृद्धि गर्नका लागि कार्यक्रम आयोजना हो ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख २९ गते आइतबार