कोहलपुर ।
बाँकेको कोहलपुरमा १० दिने उद्यमशिलता प्रशिक्षक प्रशिक्षण तालिम समापन भएको छ । निडेड टेक्निकल कलेजको आयोजनामा भएको तालिमको एक कार्यक्रमका बिच मंगलबार संघिय सांसद महेश्वर गहतराज ‘अथक’ले समापन गरे । ‘
आफ्नो व्यवसाय सुरु तथा सुधार गर्नुहोस्’ भन्ने मुलनाराका साथ उद्यमशिलता प्रशिक्षक प्रशिक्षण तालिम गत चैत्र २४ गतेबाट सुरु भएको
थियो । तालिममा तीन दर्जन भन्दा बढीको युवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै सांसदले अथकले तालिम अवधीमा सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्ने बताए । ‘तालिममा सिकेका विभिन्न कुराहरु कार्यक्षेत्रमा गएर प्रयोग गर्नुहोस्’ उनले भने,‘यस्ता तालिमले युवाहरुलाई आत्मनिर्भर बनाउन समेत मद्वत पु¥याउछ ।’
कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल, कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कर्णबहादुर थापा, बैजनाथ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामचरण थारु लगायतले बोलेका थिए । निडेड टेक्निकल कलेजका संचालक लोकेन्द्र बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तेज कुमार विसीले गरेका थिए । तालिममा इश्वरी प्रसाद शर्मा, भिम ब. मल्ल, विशेष रानाभाट लगायतले प्रशिक्षण दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्