समाज सेवा संस्था नेपालले नव वर्षको पूर्व सन्ध्यामा बृह्त सरसफाई कार्यक्रम सम्पन



कोहलपुर ।
कोहलपुर १४ स्थित समाज सेवा संस्था नेपालको आयोजनामा नव वर्षको पूर्व सन्ध्यामा बृह्त सरसफाई कार्यक्रम सम्पन गरेका छ । सरसफाई कार्यक्रम श्री राम मावि विद्यालय र हवल्दारपुर बजार परिसरमा बृहत सरसफाई गरेको हो ।

समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले सफा सुगर वातावरण बनाउने बानीको विकास होस् भन्ने उद्देश्यका कार्यक्रम आयोजना गरेको बताए ।

त्यस्तै लागु औषध नियणन्त्रण व्यरो नेपालगञ्ज शाखाका प्रमुख प्रहरी निरिक्षक विर बहादुर थापा, कोहलपुर १४ का वडा सदस्य मन बहादुर गुरुङ्ग, क्यानभास बोडिङ्ग स्कुलकी सहायक प्रधानाध्यपक ज्ञानु गौतम, र पूर्व शिक्षक जित बहादुर थापा, अस्थायी प्रहरी चौकीका हवल्दारपुरका इन्चार्ज कमल बहादुर केसी, लगायत उपस्थित रहेको थियो ।

त्यस्तै २०७६ साल बैशाख १ गतेका दिन नव वर्षको उपलक्षमा ‘‘हाम्रो आवाज, लागु औषध दुव्र्यशनबाट मुक्त” भन्ने मुल नाराका साथ लागु औषध दुव्र्यशन विरुद्ध सचेतनामूलक नव वर्ष शुभकामना आदानप्रदान कार्यक्रम गरिने संस्थाका अध्यक्ष थापाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत ३० गते शनिबार