अपडेटः मृतककाे संख्या ३१ पुग्यो



काठमाडौं ।

आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र  पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् ।

हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले  कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।

घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।

तराईका धेरै जिल्लाहरु हावाहुरीको चपेटामा परे पनि अन्य जिल्लाबाट भने क्षतिको खबर प्राप्त भएको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत १८ गते सोमबार