कोहलपुर/ निर्माण व्यावसायी महासंघ प्रदेश नं. ५ को महासचिवमा बाँकेका युवा निर्माण व्यावसायी प्रकाश शाह निर्वाचित भएका छन् ।
महासंघको यही मंसिर १३ र १४ गते दाङमा भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट शाह महासचिवमा निर्वाचित भएका हुन् ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नं.४ निवासी युवा निर्माण व्यवसायी शाह पि.एस. निर्माण सेवा प्रालि बाँकेका प्रोप्राइटर समेत हुन् ।
प्रकाशित मिति : २०७५ मंसिर १४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्