भीम रावत : कोहलपुर/ कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतको पहलमा सडक दुर्घटना न्यूनीकरण तथा फोहर व्यवस्थापन सम्बन्धी बिहीबार कोहलपुरमा सर्वपक्षीय छलफल गरिएको छ ।
नगर प्रमुख रावतको अध्यक्षतामा बसेको सरोकारवाला सबै निकायका प्रतिनिधिहरु सहभागी रहेको सो बैंठकले गत साउन महिनामा बाँकेका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा सबै सरोकारवाला निकायहरुको सर्वपक्षीय बैठकले गरेका निर्णयहरु कडाई पूर्वक कार्यान्वयन गर्ने निर्णय सँगै थप निर्णयहरु गरेको कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भीम रावतले जानकारी गराएका छन् ।
बिहीबारको सर्वपक्षीय बैंठकमा सहभागीहरुले राखेका सुझावहरुको आधारमा केही महत्वपूर्ण निर्णय भएका छन् । नेपालगञ्ज–कोहलपुर सडक खण्डमा छोटो–छोटो दुरीमा रहेका जेब्राक्रसिङहरुलाई सडक डिभिजन कार्यालय र ट्राफिक प्रहरीसँग समन्वयन गरी त्यस्तो क्रसिङहरुलाई करिब ५ सय मिटरको दुरीमा राख्ने, कोहलपुर नगरपालिकाको क्षेत्रभित्र बढ्दै गइरहेको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी साधनको अधिकतम गति प्रतिघण्टा २० कि.मी भन्दा बढी गतिमा नचलाउने र चलाएको पाइएमा ट्राफिक प्रहरी कारबाही गर्ने, ट्राफिक जनचेतना कार्यक्रम ब्यापक रुपमा सञ्चालन गर्ने, कोहलपुर नगरपालिका क्षेत्रको फोहर व्यवस्थापनका लागि नगरपालिका र कोहलपुर उद्योग वाणिज्य संघको सहकार्यमा आफ्नो फोहर आफै व्यवस्थापन गरौं भन्ने कार्यक्रम कार्यान्वयन गर्ने, नगर क्षेत्रमा सञ्चालन हुने सबै सवारी साधनहरुमा सवारी धनी स्वयमले अनिवार्य रुपमा एउटा डस्टबिन राख्ने, व्यवस्थासवारी साधन तथा अटो रिक्साहरुलाई जथाभावी पार्किङ गर्न नदिने, सडकको भारवहान क्षमता मापदण्ड कार्यान्वयन गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ ।









प्रतिक्रिया दिनुहोस्