बाँके कार्तिक २४, पिसाव फेरेको निहुमा भएको विबादमा कुटाकुट हँुदा चक्कु प्रहराबाट बाँकेको राप्तीसोनारी वडानं. १ को गाभरमा एक जनाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार गाभरको पेट्रोलपम्प नजिकै शुक्रबार साँझ ८ बजेतिर ७–८ जनाको समुहमा आएका स्थानीय युवाहरुले पसलको नजिकै पिसाब गर्दा पसलेसंग भएको विबादमा चक्कु प्रहारबाट स्थानीय हरीबहादुर बुढामगरको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज तथा प्रहरी नायव उपरीक्षक रमेश बहादुर सिंहले भने–‘ शुक्रबार साँझ पसल अगाडि पिसाव पेर्दा पसलबाट टर्च लाईट बालेको विषयमा झगडा हुँदा ७–८ जनाको समुहमा आएका स्थानीय युवाहरुले पसलेमाथि कुटपिट गर्दा पसले चन्द्र किरण शाहले तरकारी काट्दै गरेको चक्कुले हानेर २१ वर्षिय बुढाको मृत्यु भएको हो ।’
उनले चक्कु प्रहारबाट गम्भीर घाइते भएका बुढामगरलाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । घटनामा संलग्न शाह फरार भएको र प्रहरीले उनको ब्यापक खोजी भई रहेको जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि तयारी भएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्