कोहलपुर/ बाँकेको कोहलपुरमा यही कार्तिक १९ गते सोमबार सकारात्मक सोचसम्बन्धी कार्यशाला आयोजना गरिने भएको छ । असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्र कोहलपुरद्वारा बिहिबार आयोजित पत्रकार सम्मेलन कार्यशालाको बारेमा जानकारी गराइएको थियो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको सभाहलमा हुने कार्यशालामा युवा दार्शनिक मनोक्रान्ति द्रष्ठा गुरुदेव डा.स्वामी विवेकानन्द आउने पुर्व जानकारी पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि निलसागर आश्रमका प्रमुख अभिभावक विजय कुमार गुप्ताले स्थानीय सरकारले बेसहारा र अलपत्र नागरिकका लागि बजेट व्यवस्था गर्नुपर्ने बताए ।
उनले सरकारले छाडा पशु चौपायको व्यवस्थापनमा बजेटको व्यवस्था गर्ने तर बेसहारा र टुहुरा नागरिकहरुका लागि बजेट व्यवस्था किन नगर्ने ? भन्ने प्रश्न समेत गरे । उनले भने ‘कसैलाई बाटामा भेट्दा खाना खुवाउँछ, पुराना कपडा बाड्छ तर घर लिएर परिवारको सदस्य बनाउन कसैले चाहदैन किन ?’ भन्दै सबै एकअर्काको सहारा बन्नु मान्छेको दायित्व भएको बताए ।
यस्तै निलसागर बाँककी अध्यक्ष सरिता खनालले आश्रममा ८० जना बृद्धबृद्धा र बालबालिकालाई सहारा दिइरहेको बताइन् । धेरै अलपत्रहरु कोहलपुरबाट नेपालगञ्ज पुग्ने गरेको भन्दै कोहलपुरमा पनि आश्रम आवश्यक रहेको बताइन् ।
मनोक्रान्ति योद्धा तथा नीलसागर कोहलपुरकी संयोजक अन्जु न्यौपानेले शाखा कार्यालयको लागि घर खोज्दा घर नपाएको गुनासो गरिन् । मनोक्रान्ति आफैलाई बदल्ने क्रान्ति भएको भन्दै स्वामी विवेकानन्दले शान्ति र आत्मनिर्भरताका लागि थुप्रै काम गरेपनि सरकारको साथ सहयोग नपाएको गुनासो गरिन् ।
स्वामी विवेकानन्द को १५ र १६ गते नेपालगन्जको बागेश्वरी मन्दिर परिसर, १७ र १८ गते भारतको बहराईचमा र १९ गते बिहान नेपालगञ्जमा र दिउँसो कोहलपुरको मेडिकल कलेजमा कार्यक्रम रहेको मनोक्रान्ति केन्द्र नेपालगन्जका उपाध्यक्ष अमन सुवेदीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्