मुद्रण उद्योग महासंघको अध्यक्षमा गैरे निर्वाचित



कोहलपुर/  नेपाल मुद्रण उद्योग महासंघ बाँकेको अध्यक्षमा चण्डी प्रसाद गैरे सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट गैरेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा अन्तरिक्ष देवकोटा, उपाध्यक्षमा शंकरशरण वर्णवाल, सचिवमा विधान न्यौपाने, सह–सचिवमा चन्द्रेश्वर त्रिपाठी, कोषाध्यक्षमा रामबहादुर शाही चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा आशिष श्रेष्ठ, माधवधोज थापा, सुवाष थटेर, मिना ढकाल, प्रदिप बुढा हमित हलवाई र ढक बहादुर थारु रहेका छन् । अधिवेशनबाट समितिका सल्लाहकारहरु समेत चयन गरिएको छ ।

जसको वरिष्ठ सल्लाहकारमा केन्द्रिय उपाध्यक्ष मेघराज वलीलाई चयन गरिएको छ भने सल्लाहकारमा ज्योतिलाल भण्डारी र सुधांशु जैसवाललाई चयन गरिएको नव निर्वाचित अध्यक्ष गैरेले जानकारी दिए ।

महासंघका केन्द्रिय उपाध्यक्ष मेघराज वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम निर्वतमान अध्यक्ष तपेन्द्र विक्रम शाहको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ ९ गते शनिबार