जीवन ज्योतिमा विज्ञान तथा कला प्रर्दशनी



कोहलपुर/  बाँकेको कोहलपुर–१० मा रहेको जीवनज्योति विद्यालयले शनिबार एकदिने कला, विज्ञान प्रदर्शनी तथा खाद्य मेला सम्पन्न गरेको छ । विद्यालयमा अध्यनरत विद्यार्थीहरुले निर्माण गरेका विभिन्न चित्रकला तथा विज्ञान सम्बन्धीका सामग्रीहरुको प्रदर्शन गरिएको थियो ।

प्रदर्शमा राखिएका विज्ञान तथा कला प्रर्दशनीको अवलोकन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले विद्यार्थीहरुको अन्र्तनिहित क्षमताको विकास गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै उनले बालबालिकाहरुलाई सिर्जनात्मक क्षमताको विकासका लागि यस्ता गतिविधिले विशेष महत्व राख्नेमा जोड दिए ।  त्यस्तै विज्ञान तथा कला प्रदर्शनीको अवलोकन गर्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले बालबालिका भित्र लुकेर रहेको क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले गरेको कार्यप्रति धान्यवाद व्यक्ति गरेकी थिइन् । साथै उनले बालबालिकाको व्यक्तित्व विकासका लागि विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिइन् ।

त्यस्तै जीवनज्योति विद्यालयका प्रधानाध्यापक फादर जोमन जेम्सले पाठ्यक्रम सँग सँगै विद्यार्थीहरुको चौतर्फी विकासका लागी यस्तो कार्यक्रमको आयोजना गरिएको बताएका छन् । बालबालिकाहरुलाई सानै उमेरमा सिर्जनात्मक चिन्तनको विकासका लागि कार्यक्रमको आयोजना गरिएको बताए । विद्यालयले हाल कक्षा ५ सम्म अध्यापन गराईरहेको छ ।

विज्ञान तथा प्रर्दशनी कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, शिक्षा प्रेमी लगायत विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ ३ गते आइतबार