चारदिने प्राथमिक उपचार तालिम सम्पन्न



नेपालगन्ज/  नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनाममा चारदिने आधारभूत प्राथमिक उपचार तालिम शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ ।

हब हपिटल कार्यक्रमको सहयोगमा सञ्चालन भएको दोश्रो चरणको तालिममा एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविका गरी २३ जनाको सहभागिता रहेको थियो ।

तालिममा प्राथमिक उपचारको परिचय, सिद्धान्त, घाइतेको जाँच, बेहोसी, रक्तश्राव, हाड भँचाइ, घाउचोट पटक, पट्टीको प्रयोग, सर्पको टोकाई, घाइतेको ओसार पसार, ट्रियाज, घाइतेको ओसार पसार लगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास गराइएको थियो ।

समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्माले रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाले युद्धका क्रममा घाइते सैनिकहरुलाई प्राथमिक उपचार सेवाप्रदान गरी रेडक्रस अभियान सुरु गरेको चर्चा गर्दै यो अभियान अहिले १९० देशमा संचालन भईरहेको स्पष्ट पारे ।

उपाध्यक्ष शर्माले विरामी एवं घाइतेलाई जीवित राखी राख्नका लागि प्राथमिक उपचार सेवा नितन्त जरुरी रहेको बताउँदै अस्पतालसम्म पु¥याउन एम्बुलेन्स चालकहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गरे ।

नेरेसो बाँके शाखाका का.बा.सभापति शान्ति श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, का.बा.मन्त्री तेजबहादुर सुवेदी र जिल्ला जनस्वास्थ्य कार्यालयका नि. प्रमुख प्रेम केसी लगायतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ २ गते शनिबार