कोहलपुर/ बाँकेको कोहलपुरमा रहेको छोटो दुरीको बसपार्क यथाशिघ्र कालोपत्रे गर्न माग गर्दै कोहलपुर नगरवासीले नगर विकास समितिलाई ज्ञापनपत्र बुझाएका छन् । बसपार्क क्षेत्रमा टहरा हटाएर भएपनि यथाशिघ्र बसपार्क कालोपत्रे गर्न उनीहरुको माग रहेको छ । कोहलपुर नगर विकास समितिले बसपार्क कालोपत्रे गर्न प्राविधिक डिजाईन सहित कालोपत्रे गर्न लागिरहेको अवस्थामा बसपार्क क्षेत्रमा रहेका घरटहाराहरु हटाउँदैनौं भनि बसपार्कवासीहरुको भनाइप्रति गम्भिर ध्यानाकषर्ण भएको भन्दै उनीहरुले मंगलबार ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र कार्यक्रममा बोल्दै समाजसेवी गोपाल गिरीले आधुनिक शहरको रुपमा विकास भईरहेको कोहलपुर नगरमा रहेको कालोपत्रे नहुनु भनेको अशोभनिय कुरा भएको बताए । ‘हामीले नै चासो नदिएका कारण कालोपत्रे नभएको हो’ उनले भने । कुनै पनि नयाँ कुरा निमार्ण गर्दा अर्को कुरामा असर पर्ने स्वभाविक रहेको बताउँदै आफूहरु नगर विकास समितिलाई पक्षमा रहेको बताए । त्यस्तै कोहलपुर सुधार समाजका पुर्व अध्यक्ष चण्डी प्रसाद गैरेले एउटा घुम्ती उठाउँदा समेत विरोध हुन्छ भने असल काम गर्दा विरोध हुन स्वभाविक भएको बताए ।
ज्ञापनपत्र बुझ्दै कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले छोटो दुरीको बसपार्कको कालोपत्रे गर्ने विषयमा पटक पटक षड्यन्त्र भईरहेको बताए । खरिद नियमावली ऐन अनुसार काम गर्न केही ढिलाई भएको बताउँदै टेण्डर समेत भईसकेपछि पनि ठेकेदारले काम गर्न सहज वातावरण बनाइदिन भन्दै नगरविकास समितिमा निवेदन दिएको बताए । उनले सडक कालोपत्रेको टेण्डर भएको समयदेखि नगरविकास समितिलाई भाडा नबुझाएको बताए । उनीहरुसँग वार्षिक रुपमा सहमति हुने गरेको र उनीहरुसँगको सम्झौता सकिसकेको बताए ।
आफुले नगरविकास समितिको तर्फबाट कुनै राजनितिक दलका विषमा नबोल्ने भन्दै बाहिरी रुपमा गरिएका कुनै पनि सम्झौता मान्य नहुने बताए । बसपार्क कालोपत्रे गर्न माग गर्दै नगरवासीको समुहले नगरविकास समिति, कोहलपुर नगरपालिको कार्यालय र वडा नं. ११ को वडा कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले यो विषयमा गम्भिर हुन समेत आग्रह गरेका छन् । नगरवासीले आफुुुुहरुको कसैको अहित हुने कुरामा नलागेको तर नगरविकास समितिले आफ्नो निर्णयमा अडिग भएर काम गर्न समेत आग्रह गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्