रवीन्द्र मिश्रलाई पितृशोक



काठमाडौं/  विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पितृशोक परेको छ । मिश्रका बुबा वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो ।

आफ्नै निवासमा सुतेको अवस्थामा बिहान दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ८३ वर्षीय मनुजबाबु लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित थिए ।

मिश्रको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ समेत प्रकाशित छ । कान्छो छोरा विदेशबाट आएपछि अन्त्येष्टि गरिने बताइएकाे छ । दिवंगत मिश्रका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २३ गते बुधबार