सुर्खेतको बोटेचौर नजिकै दुर्घटना,४ घाइते



कोहलपुर/  सुर्खेतको गुर्वाकोट नगरपालिकाको बोटेचौर नजिकै बस र भ्यान एकआपसमा ठोकिदा दुर्घटना भएको छ ।

दुर्घटनामा चार जना गम्भीर घाईते भएका छन् भने अन्य सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।

आइतबार अपरान्ह ४ बजेतिर नेपालगंजबाट जाजरकोटका लागि छुटेको भे १ ख २४३७ नम्बरको बागेश्वरी यातायात प्रा.लि. को बस र सुर्खेतको गोजीबजार हँुदै छिन्चुका लागि छुटेको भे १ ज ८१७ नं को सुपरफास्ट यातायात प्रा.लिको सुजुकी भ्यान अनियन्त्रित भई एक आपसमा ठोक्कीदा चार जना गम्भीर घाईते भएका हुन् ।

घाईतेहरुको परिचय खुल्न सकेको छैन् । उनीहरुलाई छिन्चु र सुर्खेतमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन १३ गते आइतबार