रोजगार सिर्जना गर्दै होमस्टे



कोहलपुर/  वर्तमान समयमा होमस्टे वास्तविक उद्योगको रुपमा साबित भएको र होमस्टेको माध्यमबाट ग्रामीण क्षेत्रमा रोजगार सृजना भएको होमस्टेकर्मीहरुले बताएका छन् ।

प्रदेश नं. ५, कर्णाली प्रदेश र ७ प्रदेशमा रहेका होमस्टेहरुको प्रोफाइल निर्माण गर्न बसेको भेलाले राज्यको लक्ष्यअनुरुप पर्यापर्यटनको विकास र युवा रोजगारमा होमस्टे महत्वपूर्ण उद्योगको रुपमा विकास भएको बुझाइ छ ।

होमस्टे एसोसिएसन अफ नेपालको आयोजनामा नेपालभर रहेका होमस्टेहरुको प्रोफाइल निर्माण गर्ने क्रममा प्रदेश ५, कर्णाली र ७ का होमस्टेहरुले आ–आफ्नो होमस्टेको विस्तृत विवरणसहितको जानकारी प्रोफाइलमा राखेका छन् ।

प्रोफाइलले स्वदेशी तथा विदेशी पाहुनालाई होमस्टेसम्म पुग्न तथा होमस्टेबारे जानकारी लिन सहज हुने आयोजकले जनाएको छ । प्रोफाइल निर्माण गर्न गरिएको अन्तक्र्रिया कार्यक्रममा १८ वटा सामुदायिक तथा निजी होमस्टेबाट प्रतिनिधित्व गरेका थिए ।

कार्यक्रममा होमस्टे एसोसिएसन अफ नेपालका केन्द्रीय उपाध्यक्षद्वय परशुराम थारु, रामबहादुर चौधरी, केन्द्रीय सदस्यद्वय पूर्णचन्द्र उपाध्याय, कृष्णलाल चौधरीको सहभागिता रहेको थियो ।

सोही भेलामा प्रदेश ५ र ७ को होमस्टे एसोसिएसन अफ नेपालको प्रदेशस्तरीय समिति गठन भएको छ । प्रदेश ५ मा डल्ला होमस्टे अध्यक्ष परशुराम थारुको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ ।

सचिवमा कृष्णलाल चौधरी, सहसचिव साधना बोगटी थारु, कोषाध्यक्षमा बासुदेव भट्टराई, सदस्यहरुमा हरिजंग गुरुङ, मिनराज रानाभाट, सूर्यप्रसाद आचार्य, बलराम ढकाल, मंगल थारु, बाबुराम चौधरी र तिलक थारु रहेका छन् ।

त्यसैगरी प्रदेश नं.७ मा रामबहादुर चौधरीको अध्यक्षतामा समिति गठन भएको छ । सचिवमा प्रशुराम राना, सहसचिव मानबहादुर चौधरी, कोषध्यक्षमा प्रदेशनीकुमारी डगौरा थारु, सदस्यहरुमा सीता चौधरी र जमुना चौधरी रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन १२ गते शनिबार