दृष्टिविहीन परिवारलाई घर हस्तान्तरण



कोहलपुर/  कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको दुई कोठे घर दृष्टिविहीन परिवारलाई हस्तान्तरण गरिएको छ ।

मंगलबार कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले कोहलपुर–११ लोकनगर बस्ने दृष्टिविहीन हिरकला बि.क.लाई घरको तालाचाँभी सहित घर हस्तान्तरण गरेका हुन ।

नगरपालिकाको रु १लाख ६५ हजार आर्थिक सहयोगमा इँटा र सिमेन्ट जोडाईको वाल तथा रंगिन जस्तापाताको छानो रहेको दुई कोठा भएको घर हस्तान्तरण गर्दै नगर प्रमुखले राम्रो सरसम्भार गरी बस्न अनुरोध गरे ।

साथै प्रमुख रावतले चर्पी नभएकाले वडा नं ११ का वडा अध्यक्ष र वडा सचिवलाई चर्पी बनाइदिने व्यवस्था गर्न समेत आग्रह गरे ।

दृष्टिविहीन व्यक्ति अत्यन्तै सम्वेदनसिल व्यक्ति हुने भएकाले राज्यले उनीहरुलाई सहयोग गर्नु संविधान प्रदत्त अधिकार समेत हो ।

घर हस्तान्तरण कार्यक्रममा वडा नं ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा , वडा सचिव मणिराम रिमाल सहित वडाका सदस्यहरु र कर्मचारीहरु , कार्यपालिका सदस्य नारायणी वली, नगरपालिकाका प्रशासन प्रमुख हरि बहादुर वली , वडा नं १ र वडा नं १२ का वडा अध्यक्ष तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

दृष्टिविहीन हिरकलासँग एक छोरी साथमा छिन र उनी पनि दृष्टिविहीन नै छिन् । बि.क.का श्रीमान माओवादी सशस्त्र द्वन्द्वका समयमा माओवादीमा लागेका र बेपत्ता भएका हुन् ।

हाल सम्म श्रीमानको कुनै ठेगान छैन भने राज्यबाट वेपत्ता पारिएको सूचीमा नाम परेको भए पनि हिरकलाले अहिले सम्म कुनै राहत नपाएको बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ९ गते बुधबार