दाङ/ दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १९ मा जङ्गली च्याउको तरकारी खाँदा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ ।
सैघा पाँचपोखरी निबासी ५ वर्षीया प्रशंसा घर्ती, १९ वर्षीय बालाराम घर्ती र ४० वर्षीय चित्रबहादुर घर्तीको मृत्यु भएको वडा अध्यक्ष हर्कबहादुर घर्तीले जानकारी दिए ।
असार २६ गते जंगलबाट ल्याएको च्याउको बेलुका तरकारी खाएर बिरामी परेको उनीहरुको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्युभएको हो ।
अन्य बिरामीहरु मिनराज घर्ती, धनकली घर्ती, गोमा घर्ती र यसुरा घर्तीको कोहलपुरमै उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७५ साउन १ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्